एनआईसी एशिया क्यापिटलले १ अर्वको म्युच्युअलफण्ड ल्याउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिकलगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइ सी एशियाग्रोथ फण्डलाई धितोपत्रबोर्डबाट मिति २०७४/०९/११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि यही मिति २०७४/१०/०२ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल(कोषव्यवस्थापक)लाई “[ICRANP-IR] AMC Quality 3 (AMC3)” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।

प्रेस विज्ञप्ति
एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिकलगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआइ सी एशियाग्रोथ फण्डलाई धितोपत्रबोर्डबाट मिति २०७४÷०९÷११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि यही मिति २०७४÷१०÷०२ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल(कोषव्यवस्थापक)लाई “[ICRANP-IR] AMC Quality 3 (AMC3)” गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।

एनआइसी एशियाग्रोथ फण्डले रु १ अर्ब बराबरको रु१० अंकितमूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्रीगर्न लागिएको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पु-याउन सकिनेछ । म्युच्युअलफण्ड भएका कारण कोषमार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभलिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्वहुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्ति (Net Assets Value) का आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।


सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशीलगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवीलगानीकर्ताका लागि पनि सामुहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्छ । विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविधविशेषताहरुका कारण सामुहिक लगानि कोषको आकर्षण बढ्दो छ । 

प्रमुखकार्यकारी अधिकृत
एनआई सी एशिया क्यापिटल लिमिटेड


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs