कृषि तथा विपन्न वर्गमा राष्ट्र बैंकले ‘एग्रेसिभ मुभ’ लिने

काठमाडौं । कृषि तथा विपन्न वर्ग कर्जामा नेपाल राष्ट्र बैंकले ‘एग्रेसिभ मुभ’ लिने तयारी गरेको छ । गत हप्ता अर्थ मन्त्री डा. युवराज खतिवडाले उत्पादनशील क्षेत्रमा बैंकहरुको लगानीको स्थिति बारे बिफ्रिंग लिएपछि« बैंकलाई दबाव परेको हो । उत्पादनशील क्षेत्रलाई आधार बनाएर बैंकहरुले लगानी केन्द्रित गर्नुपर्ने र यसतर्फ निर्देशित लगानीको प्रतिशत पनि बढाइने संकेत डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।

उदयपुरमा आयोजित राष्ट्र बैंकको आर्थिक तथा बैंकिंग गतिविधि अध्ययन कार्यक्रममा श्रेष्ठले ब्याज अनुदानलाई बढी प्रभावकारी बनाउन उत्पादकलाई सोझै अनुदान दिने तयारी भइरहेको र प्रादेशिक संरचना अनुसार सन्तुलित आर्थिक वृद्धिका लागि उत्पादनशील क्षेत्रमा बैंकहरुको शाखागत वा क्षेत्रगत लगानीका लागि सर्वपक्षीय छलफल भइरहेको बताए ।

उनले जोखिमको मात्रा घटाई कृषि कर्जा आक्रामक तवरले बढाउन कृषि तथा पशुबीमा हरेक आधुनिक खेतीमा अनिवार्य गर्न र कृषि उपज भित्र्याउने (हार्भेस्ट हुने) समयमा नै ब्याज र साँवा तिर्ने व्यवस्था मिलाउन सकिने नीतिगत व्यवस्था तर्फ पनि संकेत गरे । हाल वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, ऊर्जामा ५ प्रतिशत, पर्यटनमा ५ प्रतिशत र सिमेन्ट, औषधि तथा निर्यात गरी अन्य क्षेत्रमा ५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । 

विपन्न वर्गलाई अनिवार्य ५ प्रतिशत वाणिज्य बैंकहरुले लगानी गर्नुपर्ने व्यवस्थालाई ग्रामीण क्षेत्रमा खुल्ने वाणिज्य बैंकहरुको शाखाले मद्दत पुर्याउने पनि श्रेष्ठको भनाई थियो ।उदयपुरका बैंकका शाखा प्रमुखहरु उपस्थित भएको उक्त कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले स्थानिय तवरमै बैंकहरुले स्थानीय श्रोत र साधनको उच्चतम परिचालन हुने गरी प्रडक्ट डिजाइन गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्ने र नोटको प्रयोगमा सावधानी अपनाउनुपर्नेे बताए ।

उनले वातावरण नबिगारी कृषिजन्य उद्योगहरुलाई प्रोत्साहित गर्न र एग्रो टुरिज्मका लागि कार्यक्रमहरु सञ्चालन गर्न नगरपालिका र स्थानीय प्रशासनलाई अनुरोध गरे । डेपुटी गभर्नर श्रेष्ठले जिल्लाका बैंकहरुले संकलन गरेको निक्षेपको उपयोग जिल्लामै गर्न नसकेकोमा निराशा प्रकट गरे । राष्ट्र« बैंकको तथ्यांक अनुसार उदयपुर जिल्लामा २०७४ पुस मसान्तसम्म ३६८ करोड निक्षेप संकलन भएकोमा ७१ करोड मात्रै कर्जा प्रवाह भएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs