नेपाल सेवा लघुवित्तको आईपिओ खुल्यो

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख १२ गतेदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ बिक्री खुला गरेको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको हो ।

लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । एक लाख ८० हजार कित्तामध्ये दुई प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले एक लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आबेदन गर्नसक्ने छन् । मेरो शेयरको सुविधा लिएका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सी आश्वा मार्फत आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आइपिओमा वैशाख १२ गतेदेखि १६ गतेसम्म आवेदन दिन पाइनेछ । २०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार सञ्चालन गरेको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ ।

लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs