नेपाल राष्ट्र बैंक, जनकपुरको प्रभातफेरी कार्यक्रम सम्पन्न

जनकपुर । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले बैंकको ६३ औं कार्यक्रमको उपलक्ष्यमा आज प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो । वित्तीय जनचेतनाका लागि बैंकिङ्ग विकास भन्ने नाराका साथ आयोजित उक्त प्रभातफेरीमा राष्ट्र बैंकका पदाधिकारीका अतिरिक्त जनकपुर कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीका सिइओ, विभिन्न बैंकका क्षेत्रिय प्रबन्धकहरु, बैंकहरुका शाखा प्रमुखहरु लगायत विद्यार्थी र बैंककै भूतपूर्व कर्मचारीहरुको सहभागिता थियो ।

प्रभातफेरीको कार्यक्रम नेपाल राष्ट्र बैंक जनकपुरबाट विद्यापति (मुरली) चौक हुँदै पूर्व लाग्दै परिक्रमा रोड हुँदै कदम चोकबाट गंगासागर पोखरीको डिल हुँदै राम चौक, जनक चौक हुँदै श्री जानकी मन्दिर परिक्रमा गर्दै, पुरानो सुनचाँदी बजार हुँदै महावीर चौक हुँदै मसला कटेज तिरहुतिया चौक हुँदै पुनः नेपाल राष्ट्र बैंक, जनकपुरको परिसरमा प्रवेश गरेको थियो ।

उक्त प्रभातफेरीमा समृद्धिका लागि बचत गरौं, वित्तीय शिक्षा हासिल गरौं, नोटलाई जतन गरौं, कर्जा सदुपयोग गरौं, कृषिमा कर्जाको उपभोग गरौं, विदेशको कमाईलाई आर्थिक विकासमा लगाऔं, बैंकसँगको नाता हरेक नेपालीको बैंक खाता, पैसाको जतन बैंकमा हुन्छ, उद्यमशीलको साथी बैंक जस्ता सन्देशमूलक प्लेकार्ड सहभागीहरुले बोकेका थिए ।

प्रभातफेरी परिक्रमा पश्चात् राष्ट्र बैंकमा भेला भएका सहभागीहरुबीच बैंकका निर्देशक नरेश शाक्यले वित्तीय साक्षरताका लागि वित्तीय शिक्षायुक्त चेतनामूलक सन्देश जनमानसमा प्रवाह गर्ने नेपाल राष्ट्र बैंकको नीति रहेको भन्दै बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सबैलाई धन्यवाद प्रकट गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले पनि यस्तै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकमा कार्यरत कर्मचारीहरुका लागि १०० मी दौड, ब्याडमिन्टन, घैंटो फोड, स्लो साइकल रेस, म्यूजिकल चेयर, वर्ड गेम लगायतका खेलहरुका साथै रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । हरेक बैशाख १४ गते हुने बैंकको वार्षिकोत्सवमा बैंकले वित्तीय साक्षरतामूलक सन्देश प्रवाह गर्ने, वित्तीय प्रणालीको समीक्षाका साथै नेपाल राष्ट्र बैंकको वार्षिक प्रगति र भावी योजना सार्वजनिक गरिने बैंकका उप–निर्देशक तथा बैंकिङ्ग विकास तथा अनुसन्धान इकाई प्रमुख प्रल्हाद गिरीले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs