नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। यसदिन नेप्से परिसूचक ११ दशमलब ३७ अंकले बढेर १ हजार ३ सय ६० दशमलब ३८ को बिन्दूमा आइपुगेको छ । बुधबार १ सय ५८ कम्पनीको ३८ करोड ६ लाख ८ हजार ६ सय ५३ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। बुधबार कारोबारमा आएको उत्पादन तथा प्रशोधन र फाइनान्स समूह बाहेकका अन्य समूहमा हरियाली छाएको छ ।

उत्पादन तथा प्रशोधन समूहमा २० दशमलब ११ अंक र फाइनान्स समूहमा २ दशमलब ९ अंकको गिरावट आएको छ । बुधबार बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिमा समूहको कमाई १ सय ७ दशमलब शून्य १ अंकले बढेको छ। त्यस्तै माइक्रोफाइनान्स समूहको ४६ दशमलब ३६ अंकले बढेको छ। जलविद्युत् समूहमा २६ दशमलब ८३ अंकको वृद्धि भएको छ । 

बुधबार स्वदेशी लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २ करोड ७५ लाख ५० हजार ७९ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको १ करोड ४८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

बैंकको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ अर्थात् १० प्रतिशतले बढेको छ । स्वदेशी लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता १ सय ६१ रुपैयाँ कमाएका छन् । यता सिन्धु विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले घटेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs