सेयर बजार फर्कियो, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । केही समयदेखि निरन्तर ओरालो लागेर ११७९ अंकसम्म झरेको बजारमा एकाएक उत्साह देखिएको छ । यस साताको अन्तिम दिन बिहीबार सेयरबजार परिसूचक नेप्से तीन प्रतिशत बढीले उकालो लागेको छ भने कारोबार रकम समेत झण्डै ४७ करोड पुगेको छ ।

कारोबारमा आएका उत्पादन बाहेक सबै समूहका सूचक बढेपछि विहीबार नेप्से ३६ अंकले बढेको छ । साताको अन्तिम दिन १६८ कम्पनीको ४६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २१ करोड ३८ लाख बढी हो ।

ओरालो लागेको शेयरबजारलाई राहात पुग्नेगरी आगामी मौद्रिक नीतिमा केही कार्यक्रम आउने विश्वास लगानीकर्तामा परेपछि बजारको चमक एकाएक फर्किएको हो । आगामी मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा बढाउने चर्चाले शेयरबजारमा ब्यापकता पाएको छ ।

लगानीकर्ताले ५० प्रतिशत रहेको शेयर धितो कर्जाको सीमा बढाएर ८० प्रतिशतसम्म पुर्याउनु पर्ने माग गर्दे आएका छन् । यता राष्ट्र बैंकले पनि यसलाई केही खुकुलो बनाएर ६५ देखि ७० प्रतिशतसम्म पुर्याउने चर्चा चलेको छ ।

घट्दो बजारमा मार्जिन कलले पिल्सिएका लगानीकर्तालाई समेत केही राहात पुग्ने आशमा लगानीकर्ता बजारप्रति आशावादी भएका हुन् । साथै आगामी मौद्रिक नीति मार्फत नै शेयर दलाल व्यवसायी मार्फत पनि शेयर धितो कर्जा परिचालन गरिने व्यवस्था राष्ट्र बैंकले गर्ने भएपछि लगानीकर्ता थप उत्साहीत भएका हुन् । 

अर्कातर्फ चाुल आर्थिक बर्ष सकिनै लाग्दा सरकारी खर्च बढ्दै जादा बैंकहरुमा तरलताको अवस्था सहज हुँदै गएकाले पनि सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । बैंकहरुमा निक्षेप बढ्दै गएकाले कर्जाको ब्याजदर घट्ने अनुमान पनि गरिएको छ । यस्तै घटेको बजारमा सस्तो मूल्यमा शेयर उठाउने सक्रियता बढेकाले पनि बजार सुधारीएको हो


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs