ज्योति विकास बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंकले सञ्चित नाफाबाट चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  अघिल्लाे बर्ष  भने बैंकले १० प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

भदौ २४ गते बसेको सञ्चालक समितिको ३१२ अाैं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश खण्डिकृत शेयरमा रहेको भिन्न अंक थप गरी पुर्ण शेयर कायम गरी वितरण गर्ने बैंकले जनाएको छ । 

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएर बैंककाे आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव गरेको ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । हाम्राे विकास बैंक प्राप्ती पश्चात बैंककाे चुक्त्ता पूँजी ३ अर्ब नाघ्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रति शेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs