सवारी साधन सम्बन्धी मेला- नाडा अटो शो शुरु

काठमाडौं । सवारी साधन सम्बन्धी ठूलो मेला, नाडा अटो शो आजदेखि काठमाडौंमा शुरु हुँदैछ । विभिन्न ब्राण्डका सावारी साधन तथा त्यससँग सम्बन्धित सामग्रीहरुको बृहत प्रदर्शन नाडा अटो शो २०१८ मंगलबारदेखि भृकुटिमण्डपमा सुरु हुने भएको हो ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन, नाडा र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा सुरु हुने नाडा अटो शो ६ दिनसम्म चल्नेछ ।

सवारीसाधन तथा त्यसका सामग्र ससम्बन्धी जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार गर्नु नाडा अटो शो को उद्देश्य रहेको नाडाले जनाएको छ ।

साना ठूला गरी १३४ वटा ब्लक तथा स्टल रहने प्रदर्शनीमा ठूला ब्रान्डका सवारीसाधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस् टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजलगायत नेपालमै उत्पादित सामग्री रहने छन् ।

शोमा विभन्न १९ वटा ब्रान्डका चार पांग्रे तथा २० ब्रान्डका दई पांग्रे सवारी साधन रहने छन् । शोमा विशेषगरि चार पांग्रे, दुई पांग्रे र सवारी सम्बन्धी सामग्रीको अत्याधिक मागलाई ध्यानमा राखी यो वर्ष तीनवटा ह्यांगर राखिनेछ यस्तै, आयातकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यो वर्ष ७१ कम्पनीको सहभागिता रहने नाडाले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs