चितवनसम्म पाइपमा पेट्रोल र ग्यास आउने

काठमाडौं । भारतको मोतिहारीदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ । अहिले मोतिहारीदेखि अमलेखगंज पाइपलाइनको काम धमाधम भइरहेको छ ।अमलेखगंजदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपालले भारतसँग औपचारिक प्रस्ताव गरिसकेको छ । यही प्रस्तावका बारेमा छलफल गर्न नेपाल र भारत संयुक्त वर्किङ कमिटीको बैठक काठमाडौंमा हुँदैछ ।

यही बैठक र पेट्रोलियम पाइपलाइनको प्रगति बुझ्न भारतीय पेट्रोलियम तथा ग्यासमन्त्री धर्मेन्द्र प्रधान विहिबार काठमाडौं आउँदैछन्। यो बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव सञ्जय सुधिरको नेतृत्वमा छलफल हुँदैछ। सहसचिव ढकालले चितवनसम्म पेट्रोलियमसँगै ग्यास पाइपलाइन निर्माणका लागि भारतलार्इ प्रस्ताव गरिने जानकारी दिए।

‘हामीले पेट्रोलियम पाइपलाइनलार्इ चितवनसम्म ल्याउन प्रस्ताव गर्दैछौं। सँगै यही पाइपलाइनमा ग्यासको समेत पाइपलाइन निर्माणका लागि प्रस्ताव गरिनेछ’ उनले भने।अहिले बरौंनी,पारादीप, हल्दिया र मथुराबाट ग्यास बुलेटमार्फत ल्याउने गरिएको छ। वुलेटबाट ग्यास ल्याउँदा ढुवानी भाडा महँगो पर्ने र ढुवानी व्यवसायीले हड्तालको चेतावनी दिँदै आएका छन्।

अहिले मुज्जफरपूरसम्म ग्यासको पाइपलाइन आइसकेको छ । आयल निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार मुज्जफरपूरबाट मोतिहारीसम्म इन्डियन आयल कर्पोरेशनले ग्यास पाइपलाइन बनाउने र त्यहाँबाट चितवनसम्म पाइपलाइन निर्माण भएमा ढुवानी सहज हुन्छ ।

उनले ग्यास पाइपलाइनको बारेमा छलफल भएर विभिन्न चरणको वार्तापछि मोडालिटी टुंगो लगाइने जानकारी दिए।मोतिहारी-अमलेखगंज पाइपलाइनको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको छ। आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले अमलेखगंजबाट चितवनसम्म पेट्रोलियमसँगै ग्यासको पाइपलाइन आएमा आपूर्तिको असहजता पनि हट्ने भएकाले प्रस्ताव गर्न लागिएको बतार्इन् ।

‘हामी अहिले प्रारम्भिक चरणको छलफल अघि बढाउँदैछौं, यो निर्माण टुंगोमा पुग्यो भने समय/समयमा हुने हड्ताल र बन्दले समेत असर गर्दैन्,उनले भनिन्। यो बैठकमा पेट्रोलियम पाइपलाइनको बारेमा पनि छलफल हुनेछ। भारतीयमन्त्री प्रधानले पेट्रोलियम पाइपलाइन निर्माण भइरहेको अमलेखगंज समेत पुगेर निरीक्षण गर्नेछन् भने धनुषामा आयल निगमले बनाउन लागेको एलपीजी भण्डारण क्षेत्रको समेत निरीक्षण गर्नेछन्।

निगमले धनुषामा एलपीजीको भण्डारण गर्न जग्गा समेत खरीद गरिसकेको छ। यो वाहेक निगमले विभिन्न स्थानमा बनाउन लागेको पेट्रोलियम भण्डारणका बारेमा पनि छलफल हुने स्रोतले बतायो।

निगमले पेट्रोलियम भण्डारणस्थल बनाउने भन्दै विभिन्न स्थानमा जग्गा पनि खरीद गरेको थियो।तात्कालिन निगमका कार्यकारी निर्देशक गोपाल खड्काले विभिन्न स्थानमा जग्गा खरीद समेत गरेका थिए।खड्का यही जग्गा खरीदको अनियमिततामा मुछिएका कारण पद समेत गुमिसकेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs