Wednesday, 20th March, 2019

बैंक इन्ट्रिगेसनको लागि नेप्सेले काम अगाडि बढायो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबार प्रणालीमा बैंकलाई इन्ट्रिगेनस गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल क्लियरिङ हाउस मार्फत बैंकलाई सफ्टवेयरमा जोड्ने काम सुरु भएको नेप्सेका प्राविधिक विभाग प्रमुख निरञ्जय नायकले जानकारी दिए।Tata 

नेपाल क्लियरिङ हाउसले अनलाइन मार्फत शेयर कारोबार गर्दा अटोमेटिक रुपमा पैसा राफसाफ गर्न सकिने भन्दै यस अगाडि निवेदन दिएको थियो । नेपाल क्लियरिङ हाउस मार्फत पैसा राफसाफ गर्ने विषयमा दुवै पक्षसँग सहमति भएसँगै प्राविधिक प्रक्रिया अगाडि बढाइएको हो ।

प्राविधिक प्रक्रिया अगाडि बढेपनि कारोबार राफसाफ शुल्क कति लिने भन्ने विषयमा सहमति भने हुन सकेको छैन । कारोबार राफसाफ हुँदा नेप्सेको प्राणाली प्रयोग हुने हुँदा नेप्सेले कति शुल्क लिने, क्लियरिङ हाउसले कति शुल्क लिने भन्ने विषयमा सहमति जुटेसँगै प्रक्रिया अगाडि बढ्ने नेप्सेले जनाएको छ ।

शुल्क निर्धारण गर्दा लगानीकर्ताले विरोध गर्न सक्ने भन्दै नेप्सेले शुल्कका विषयमा निर्णय गर्न नसकेको हो । नेप्सेका अनुसार यो विषय केही दिनमा नै टुङ्ग्याएर अनलाइन प्रणाली मार्फत राफसाफको व्यवस्था गर्नेछ ।

नेप्सेले हाल चारवटा क्लियरिङ बैंकलाई आफ्नो प्रणालीमा इन्ट्रिगेसन गरेको छ । हाल चारवटा क्लियरिङ बैंकहरु ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । यी चार वटा बैंक मार्फत शेयर कारोबार गर्नेले कुनै पनि शुल्क तिर्नु पर्दैन । तर क्लियरिङ हाउस मार्फत कारोबार गर्दा भने शुल्क तिर्नुपर्ने हुन्छ ।

नेपाल स्टक एक्सचेन्जले गत कात्तिकमा अनलाइन प्रणाली सुरु गरेपनि बैंकहरुलाई आफ्नो प्रणालीमा इन्ट्रिगेसन गर्न नसक्दा लगानीकर्ताले अनलाइन प्रणालीबाट कारोबार गर्दापनि ब्रोकरकोमा पैसा बुझाउन जानुपर्ने बाध्यता रहेको छ । यदि बैंक खाता प्रणालीमा इन्ट्रिगेसन भयो भने यस्तो झण्झट बेहोर्नु पर्दैन ।

नेपाल क्लियरिङ हाउससँग हाल ७५ वटा बैंक तथा वित्तीय संस्था प्रत्यक्ष रुपमा आइपिएस सदस्य छन्। नेप्सेले नेपाल क्लियरिङ हाउसलाई प्रणालीमा जोडेसँगै ७५ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत शेयर कारोबार गर्न सक्छन् ।

बैंकिङ कारोबार प्रणालीलाई नेपाल क्लियरिङ हाउस मार्फत ब्रोकरहरुले आफु खुसी जोड्न सक्ने अवस्था भए पनि ५० वटै ब्रोकर आफु खुसी जाँदा झण्झट हुने भन्दै नेप्सेलाई नै एकमुष्ट रुपमा प्रणालीमा जोड्न अनुरोध गरेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News