Wednesday, 20th March, 2019

बन्द सौर्य एयरलाइन्सले फेरी सुरु गर्‍याे उडान

काठमाडौं ।  दुई महिनाको ग्राउन्डेडपछि सौर्य एयरलाइन्सले पुनः उडान सुरु गरेको छ ।गत पुस २० गतेदेखि उडान बन्द गरेको सौर्यले शुक्रबार पुनः उडान सुरु गरेको हो । जसअनुसार सौर्यले काठमाडौंबाट पहिलो उडान भैरहवा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यसपछि काठमाडौं-विराटनगर उडान भर्नेछ ।

एयरलाइन्सले विमानस्थललाई सेवा शुल्कबापत ५० लाख रुपैयाँ भुक्तानी गरेपछि उडान अनुमति पाएको हो । उडान सुरु भएको दुई महिनाभित्र रकम भुक्तानी गर्ने स हमतिपछि उडान अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

सौर्य एयरलाइन्सका प्रवक्ता मुकेश खनालका अनुसार मार्च १८ गते पुन ५० लाख रुपैयाँ झुक्तानी दिइनेछ । बिक्री भएको विमानको सेयरको टुंगो भने लागिनसकेको प्रवक्ता खनालले जानकारी दिए । एयरलाइन्सले ४ करोड ३२ लाख रुपैयाँ बुझाउन बाँकी रहँदा विमानस्थल कार्यालयले जहाज ग्राउन्डेड गरेको थियो ।

अबको दुई महिनामा सबै रकम भुक्तानी गरिसक्ने योजनाका साथ पुनः उडान सुरु भएको हो । नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित ३ स्थानमा उडान सुरु गर्छ। जसमा भैरहवा र विराटनगरमा दुईपटक उडान भर्ने तालिका रहेको उनले जानकारी दिए । उनका अनुसार नेपालगन्ज, धनगढी र भद्रपुरमा नयाँ उडानको तयारी पनि गरिएको छ ।

नेपाली लगानीकर्ताबाट नयाँ व्यवस्थापनका साथ उडान सुरु गरिएको हो । बिक्री भएको विमानको सेयरको टुंगो भने लागिनसकेको प्रवक्ता खनालले जानकारी दिए । एयरलाइन्सले ४ करोड ३२ लाख रुपैयाँ बुझाउन बाँकी रहँदा विमानस्थल कार्यालयले जहाज ग्राउन्डेड गरेको थियो ।

एयरलाइन्सले कम्पनीलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । आर्थिक संकटका कारण यसअघि सौर्य एयरलाइन्सको उडान बन्द भएको थियो । एयरलाइन्ससँग हाल दुईवटा जेट इन्जिन विमान छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News