Wednesday, 20th March, 2019

नागरिक लगानी कोषले दोस्रो बजारमा लगानी गर्दै

काठमाडौँ । नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न १० करोड रुपैयाँको शेयर खरीद गरेको छ । गत पुसदेखि दोस्रो बजारमा शेयर खरिद गर्न सुरु गरेको कोषले शेयर किन्ने रकम बढाउँदै लगेको हो ।

सुरुमा कोषले दुई करोड रुपैयाँबाट शेयर खरीद सुरु गरेको थियो । अहिले यसलाई बढाएर १० करोड रुपैयाँ पुर्याइसकेको छ । 'हामीले शेयर बजारमा लगानी गर्न कोषको रकम बढाएका छौं' कोषका नायव प्रबन्धक रोशनजङ कार्कीले भने ।

फागुनको पहिलो साताबाट थप रकम परिचालन गर्न सुरु गरेको कोषले जनाएको छ । सिजनल रूपमा शेयर खरिद गरिरहेको कोषले दोस्रो बजारमा सूचिकृत ३० कम्पनीको शेयर खरिद गरिसकेको छ । नेपाल स्टक एक्सचेन्जले वर्गीकरण गरेको सबै समूहका कम्पनीहरूको शेयर खरिद गरिरहेको कोषले जनाएकव छ । कोषले धेरैजसो शेयर बाणिज्य बैकहरु र बिमा कम्पनीहरुको खरीद गरेको छ ।

कोषले बजारको अवस्थालाई विश्लेषण गरेर आवश्यकता अनुसार शेयर खरीद र बिक्री गर्ने रणनीति बनाएको छ । फागुनको पहिलो सातासम्म बजारबाट शेयर खरिद गरिरहेको कोषले दोस्रो साताबाट बिक्रीलाई समेत प्राथमिकता दिएको छ । १० करोडलाई अझै बढाउने कोषको तयारी छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली र ब्रोकर दुवैमार्फत कोषले शेयर खरिद गरिरहेको छ । हाल कार्यालयबाटै कोषकै नाममा अनलाइनमार्फत शेयर खरिद गर्न सुरु गरिएको छ ।

कोषले स्टक डिलरको काम गर्नको लागि सहायक कम्पनी खोल्दै छ । सहायक कम्पनीमा अन्यलाई पनि साझेदार बनाउनु पर्ने सञ्चालक समितिले सुझाब दिएको छ । सुझाबका आधारमा कोषले कम्पनी खोल्ने प्रकिया अघि बढाउने जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News