Thursday, 18th April, 2019

लगानी सम्मेलनमा बाचा अनुसार लगानी भित्रिन सुरु

काठमाडौं । युनाइटेड फाइनान्समा भारतको मुत्तुट फाइनान्सको लगानी भित्रिएको छ । मुत्तुटले लगानी सम्मेलनमा गरेको प्रतबद्धता अनुसार युनाइटेडमा पैसा हालेको हो ।

भारतको कोचीमा प्रधान कार्यालय रहेको मुत्तुट फाईनेन्सले युनाइटेड फाइनान्समा गत कात्तिक ३० गते नै पैसा हाल्ने सहमति गरेको थियो। लगानी सम्मेलनमा त्यही सहमतिलाई सम्झौताको रुप दिइएको थियो।

मुत्तुटले संस्थागत समुह अन्र्तगत रहने गरी थप २१ लाख कित्ता सेयरमा लगानी गर्ने गरी ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो। अंकित मूल्य १०० रुपैयाँमा ९० रुपैयाँ प्रिमियम थपेर १९० रुपैयाँका दरले लगानी गरेको हो।

लगानी गरे वापतको रकमको चेक मुत्तुटका अध्यक्ष एमजी जर्ज मुत्तुटले प्रधानमन्त्री केपी ओलीलाई सांकेतिक रुपमा बुझाएका थिए। छुट्टै कार्यक्रम गरेर यूनाईटड फाईनान्सका अध्यक्ष वसन्तकुमार चौधरीलाई हस्तान्तरण गरेका छन्।

मुत्तुटका अध्यक्ष एमजी जर्जले युनाईटेड फाईनान्ससँगको सहकार्य नेपालमा संयुक्त लगानीको शुरुवात मात्र भएको र भविष्यमा बैंकिङ तथा वित्तिय क्षेत्र, बिमा, शिक्षा जस्ता अन्य क्षेत्रमा समेत लगानी बढाउन सकिने जानकारी दिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News