Thursday, 18th April, 2019

नयाँ वर्षमा बैंक खाता खोल्नेलाई रु. १०० उपहार

काठमाडौं । नयाँ वर्षदेखि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोले १०० रुपैयाँ सम्बन्धित बैंकले खातामा राखिदिने भएका छन् ।

सरकारले २०७६ को बैशाख १ गतेदेखि सुरु गर्न लागेको खोलौं बैंक खाता अभियान अन्तर्गत बढी भन्दा बढी नेपालीको बैंक खाता खुलोस् भन्ने उद्देश्यले र खाता नभएकाहरुलाई खाता खोल्नका लागि प्रेरित गर्ने उद्देश्यले नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ राखिदिन छुट दिएको हो ।

केन्द्रीय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरेको हो।

यो अभियान अन्तरगत खाता खोल्दा धेरै झञ्झटको सामना गर्नुपर्नेछैन । खाता खुलाउँदा बैंकहरुले तयार गर्ने फारम सरल खालको हुनुपर्ने र खाता खोल्दा ग्राहकले अन्य बैंकमा खाता नभएको स्वघोषणा गर्नुपर्नेछ । यसको अर्थ बैंकमा हालसम्म खातै नभएकाले मात्र यो सुविधा पाउनेछन् ।

खाता खोल्दा खातावालाको पहिचान झल्कने नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटोसहितको परिचयपत्र भए हुनेछ वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिसका आधारमा समेत बैंक तथा वित्तीय संस्थाहरुले खाता खोलिदिन सक्नेछन् ।

यो अभियान अन्तरगत खोलिएका खाताको वार्षिक कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ तोकिएको छ । यस्तो खाताको वार्षिक कारोबारको सीमा १ लाख बढी भएमा सम्बन्धित खातावालले अहिलेजस्तै कडा केवाइसी भर्नुपर्नेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News