Thursday, 18th April, 2019

प्रतिष्ठित उद्योगी दिवाकर गोल्छाको निधन

काठमाडौं । उद्योगी दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको भारतको चेन्नईस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गोल्छाको करिब १५ दिनअघि किड्नी ट्रान्सप्लान्ट भएको थियो ।

किड्नी ट्रान्सप्लान्टपछि पनि उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि चेन्नईस्थित अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । सो क्रममा उनको मंगलबार राति निधन भएको हो । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सभासद बनेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत भइसकेका प्रतिष्ठित उद्योगी हुन् । उनी मोरंग व्यापार संघको समेत उपाध्यक्ष भएका थिए ।

उनी नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका तेश्रो पुस्ताका सदस्य थिए । गोल्छा अर्गनाइजेसनको उपाध्यक्ष समेत रहेका दिवाकरले हुलास स्टिल एण्ड वायर इण्डष्टिज, श्रीराम सुगर, इस्टर्न सुगर, हुलास स्टील लगायत दुईदर्जन बढी उद्योग हाँकिरहेका थिए । दिवाकर विराटनगरका चर्चित उद्योगी महेन्द्र गोल्छाका दाई हुन् । महेन्द्र गोल्छाको पनि केही वर्षअघि निधन भइसकेको छ ।

 

उनी लामो समयदेखि डायबिटिज र मुटुको समस्याबाट समेत पीडित थिए । कुनै बेला गोल्छा अर्गनाइजेसनको सर्वैसर्वा रहेका दिवाकर आफू अस्वस्थ हुन थालेपछि गोल्छा समूहभित्रका उद्योगहरुको अशंबण्डा गरिदिएका थिए।

'उहाँ मात्र यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसले गोल्छा अर्गनाइजेसनलाई एकताबद्ध बनाउनुभएको थियो ।' दिवाकरलाई नजिकबाट चिनेका विराटनगरका उद्योगी पवनकुमार सारडाले भने-'उहाँ डेडिकेटेड विजिनेशम्यान हुनुहुन्थ्यो ।'


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News