Thursday, 18th April, 2019

प्रभु बैंकको ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ ।  

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँमुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थितकागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको विस्तारित बैंकिङ्ग सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारणहरु बैंकिङ्ग पहुँचभित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News