Thursday, 18th April, 2019

चैत महिनामा बैंकहरुमा निक्षेप ह्वात्तै बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा केही संयमित देखिएका छन् । तेश्रो त्रैमासको अन्तिम महिना चैतमा विकास निर्माणले केही गति लिने र यसले सरकारी खर्च समेत बढ्ने भई सो रकम निक्षेपको रुपमा बैंकमा आउने क्रम बढेको हो । राष्ट्रबैंकका अनुसार सरकारको विकास खर्च बढेपछि ढुकुटीमा थुप्रिएको सरकारी पैसा बिस्तारै च्यानलमा आउन थालेको हो ।

अघिल्ला महिनाहरुमा निक्षेपतर्फ थोरै मात्र वृद्धि गर्ने बैंकहरुले कर्जा बिस्तारमा भने आक्रामक मूभ लिने गरेका थिए । तर, चैत लागेपछिको अवस्था केही सन्तुलित देखिएको छ । पछिल्लो सातामा २१ अर्ब रुपैयाँले बैंकहरुको निक्षेप बढेको छ । चैत महिनाभर मात्रै ३२ अर्बले निक्षेपमा सुधार भएको राष्ट्रबैंकले जनाएको छ ।

पछिल्लो साता निक्षेप २१ अर्बले बढेपछि यो महिना २८ वाणिज्य बैंकहरुमा कुल निक्षेप २७ खर्ब ७ अर्बको उचाईमा पुगेको छ । निक्षेप संकलनमा आक्रामक देखिएका बैंकहरुको कर्जा बिस्तारको गति भने केही सुस्त देखिएको छ । २१ अर्बले निक्षेप बढेको साता बैंकले कर्जा विस्तार भने ६ अर्बले मात्र बढाएका छन् । यस्तै, महिनाभर ३२ अर्बले निक्षेप बढे पनि १५ अर्बले मात्र कर्जा बिस्तार बढेको छ ।

पछिल्लो साता निक्षेप र कर्जातर्फ बैंकहरुको मुभ सन्तुलित देखिए पनि चालु आर्थिक वर्षको चैत महिनासम्म बैंकहरुले २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरी ३ खर्ब २ अर्बरुपैयाँ बराबरको ऋण बिस्तार गरेका देखिएको छ । हालसम्मको अवस्थामा निक्षेप र कर्जाबीचको असन्तुलित बिस्तारमा केही सुधार देखिएको मात्र हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News