Monday, 20th May, 2019

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा साढे ९% ले घट्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९ दशमलव ६१ प्रतिशतले घटेको हो । गत आवको सोहिअवधिमा नाफा २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

१२ अर्ब ५्८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रिमियम १० करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ८३ करोड ६ लाख रुपैयाँ र जगेडा १० अर्ब ५५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

बैंकले निक्षेपमा १ खर्ब ४२ अर्ब २ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरि कर्जामा १ खर्ब २४ अर्ब २ करोड ८७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । कर्जामा बैंकले सामान्य मात्र वृद्धि गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी १९ दशमलव २५ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड १७ लाख रुपैयाँ र सञ्चालन नाफा ९ दशमलव ५ प्रतिशतले घटेर ३ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । बैंकले कर्जामा खासै वृद्धि नगरि, संचालन मुनाफा पनि घटाएको हँुदा खुद मुनाफा पनि सामान्य घटेको हो ।

बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानी अनुपात २० दशमलव २१ गुणा, प्रतिशेयर नेटवर्थ १९९ दशमलव २० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ४४ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा ३ दशमलव ०४ प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ९७ प्रतिशत रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News