Monday, 20th May, 2019

वृद्धभत्ता दोब्बर हुँदै, कर्मचारीको तलव २५ प्रतिशतसम्म बढ्ने

काठमाडौं । स्रोतले भ्याएसम्म लोकप्रिय बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलव वृद्धिका साथै सामाजिक सुरक्षा भत्ता डब्बल बढाउने तयारी थालेको छ । चुनावी घोषणा घोषणापत्र गरिएका प्रतिवद्धता पुरा गर्न र कर्मचारीको मनोबल बढाउन सरकारले कर्मचारीको तलवमान २५ प्रतिशतसम्म र वृद्धको भत्ता मासिक एक हजारका दरले वृद्धि गर्ने तयारी गरिएको हो ।

वृद्ध भत्ता बढाउँदै थुम्थुमाएको सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा भने कर्मचारीको तलव बढाउनु पर्ने भएको छ । विगत तीन वर्षदेखि कर्मचारीको तलव नबढेकाले सरकारलाई कर्मचारीको तलव बढाउनै पर्ने वाध्यता परेको हो । मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजन तलव पुनरावलोकन समितिले आगामी आवका लागि कर्मचारीको तलव अधिकतम २५ प्रतिशतसम्म बढाउन सिफारिस गर्ने तयारी गरेको हो ।

तल्लो तहका कर्मचारीको बढी र उच्च पदस्थ कर्मचारीको कम बढ्ने गरी तलवमान वृद्धि गर्न लागिएको समिति सोतले जानकारी दिएको छ । माथिल्लो तहका कर्मचारीको तलव बढी भएपनि स्तरअनुसारको खर्च हुने भएकाले हालको तलव कम नै भएको समितिको ठहर छ । अझ तल्ला तहका कर्मचारीको तलबले यो मह्गिमा केही गर्न सक्ने अवस्था छैन ।

त्यसैले विगत तीन आर्थिक वर्षदेखि तलव नबढेकाले यो पटक तलव बढाउनै पर्ने देखिएको छ । गत आवमा पनि सरकारले देश संघीयताको कार्यान्वनयमा गएकाले खर्च बढेको भन्दै दुई हजार मह्गी भत्ता थपेर कर्मचारीलाई काम गर्न प्रोत्साहन गरेको थियो ।

बजेटले कर्मचारीको तलव वृद्धिदेखि सामाजिक सुरक्षा भत्ता अर्थात वृद्ध भत्तालाई प्रोत्साहन गर्ने तयारी सरकारले गरेको छ । बढ्दो खर्च धान्न सीमित स्रोतबाट गाह्रो परेपनि आगामी आव सरकारले वृद्ध भत्तालाई एक हजारबाट बढाएर दुई हजार पु¥याउने तयारी सरकारले गरेको छ ।

स्वास्थ्य उपचारका लागि दिइने मासिक एक हजार भत्तालाई भने यथावत राख्ने तयारी सरकारको छ । सरकारले अवलम्बन गर्न लागेको यो व्यवस्थाबाट ७० वर्ष नाघेका वृद्ध÷वृद्धाहरूले मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता स्वरुप पाउने छन् ।

आर्थिक वर्ष २०६७/०६८ देखि ७० वर्षमाथिको उमेरलाई ज्येष्ठ नागरिक मानी वृद्ध भत्ता प्रदान गर्न थालिएको हो । मासिक एक सय रुपैयाँबाट शुरु गरिएको यो वृद्ध भत्ता आर्थिक वर्ष २०६९/०७० मा पाँच सय रूपैयाँ पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७२/०७३ मा नेपाली कांग्रेसको सरकारले वृद्ध भत्ता दोब्बर गरी एक हजार रूपैयाँ पु¥यायो ।

नेपालमा हाल साढे २८ लाखले यस्तो भत्ता लिदै आएका छन् । त्यसमध्ये वृद्ध भत्ता लिनको संख्या करिव १२ लाखको हाराहारीमा छन् । अर्थात ७० वर्ष उमेर नाघेका वृद्ध÷वृद्धा छन् । उनीहरू मासिक एक हजार भत्ताको रुपमा एक हजार स्वास्थ्य उपचारको लागि खर्चको बन्दो बस्त सरकारले मिलाएको छ ।

करिब साढे २८ लाख भत्ता पाउने नागरिकलाई भत्ता बाड्न चालु आवमा ४१ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कार्यक्रम प्रोत्साहन गर्ने तथा कर्मचारीलाई उच्च मनोबलका साथ कार्य सम्पादनमा अग्रसर गराउने भनिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News