Monday, 17th June, 2019

बजेटलगत्तै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । सरकारले बजेटमा सडक मर्मतमा श्रोत अभाव हुन नदिन पेटेलियम पदार्थको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैया पचास पैसा बढेर १११ रूपैयाँ कायम भएको छ । यसैगरी डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रूपैयाँ पचास पैसा बढेको छ । अब मट्टितेल र डिजेलको प्रतिलिटर ९८ रूपैया ५० पचास पैसा कायम भएको छ ।

सरकारको बजेट घोषणाको केही घण्टा नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आर्थिक वषृ २०७६/७७ को बजेट कार्यान्वयनको सुरुवात गर्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको सूचना जारी गरेको हो ।

बढेको मूल्यपछि काठमाडौंको थानकोट डिपोको १५ किमी परिसर सम्म अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ । अर्थमन्त्री खतिवडाले बजेटमार्फत सडक निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर बढाउने घोषणा गरेका थिए ।

यो घोेषणालाई कार्यान्वयनमा ल्याउँदै आयल निगमले पेट्रोलियम मूल्य बढाएको हो ।बजेटमार्फत हुने अधिकांश घोषणा नयाँ आर्थिक वर्षको सुरुवात(साउन १ गते)देखि हुने भए पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नै समायोजन भएको छ ।

 

पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै यसले ढुवानी खर्च बढाउँछ । जसको सिधा असर सामान्य जनताको भान्सासम्म पर्नेछ । पेट्रोलियम मूल्यवृद्धिले मुद्रास्फिति बढाउन सहयोग गर्नेछ । यसरी सरकारले निकै जनपक्षीय भनेर दाबी गरेको बजेटका कारण सर्वसाधारणले उपहारको रुपमा महङ्गीको मार पाएका छन् ।

महङ्गी बढाउनका लागि पेट्रोलियम पदार्थको मूल्य एकातिर बढेको छ भने अर्कोतर्फ सरकारी कर्मचारीको तलब २० प्रतिशतसम्म बढेको छ । यी दुवै कारणले बजार मूल्यमा ठूलो प्रभाव पर्न सक्ने देखिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News