Wednesday, 23rd October, 2019

सनराइज बैंकको सीईओमा निरज श्रेष्ठ नियुक्त

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि जेष्ठ २२ गते बुधबारको सञ्चालक समिति बैठकले निर्णय गरेको बैंकका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए ।

वित्तिय क्षेत्रमा श्रेष्ठले प्राप्त गरेको अनुभव र बैंकलाई अघि बढाउने योजनाका आधारमा आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको अध्यक्ष दुगडले बताए । बैंकमा जेष्ठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । बैंकले २२ दिनभित्रै नयाँ सिइओ नियुक्त गर्न सफल भएको हो ।

सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव संगालिसकेका छन् । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ रुपमा कार्यरत थिए । माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए । सिइओका रुपमा डेब्यु गरेको बैंकबाट एक वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका उनलाई सनराइजले दोश्रो अवसर जुटाईदिएको हो ।

‘उहाँको इनर्जीबाट बैंकले नयाँ उचाई पाउँछ भन्ने अपेक्षासहित जिम्मेवारी दिएका हौं, छनौट समिति र सञ्चालक समितिबाट एक मतले उहाँलाई छानिएको छ, बैंक अझै उचाईमा जाने आश गरेका छौं ’- अध्यक्ष दुगडले भने ।

माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए । सिइओका रुपमा डेब्यु गरेको बैंकबाट एक वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका उनलाई सनराइजले दोश्रो अवसर जुटाईदिएको हो । यसअघि सनराइज बैंकको सीईओको कार्यभार रत्नराज बज्राचार्यले सम्हालेका थिए । बज्राचार्यकाे चार वर्षे कार्यकाल सकिएपछि कामु सीईओको जिम्मेवारी आशा राणा अधिकारीले सम्हालेकी थिइन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


काठमाडौं । सानिमा बैंकको २१.०५२% लाभांश पारित भएको छ । बैंकको बुधबार...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


More News