Tuesday, 21st January, 2020

एनआइसी एसिया बैंकले नयाँ स्वीच प्रयोगमा ल्याउने

काठमाडौं । एनआइसी एसिया बैंकले कार्ड प्रणालीलाई बलियो बनाउन भन्दै नयाँ स्वीच प्रयोगमा ल्याउने भएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोड्दै बैंकले आफ्नै स्वीच राख्न लागेको हो। बैंकले एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोग गर्न लागेको हो।

चिनियाँ ह्याकरले नेप्सको प्रणाली कब्जामा लिएर पैसा झिकेपछि बैंकले नेप्सलाई छाड्न लागेको हो। यसअघि प्रभु बैंकले पनि नेप्सलाई छाडेर स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य थालेको थियो। नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध थिए।

अब एनआइसी र प्रभुले आफ्नो आबद्धता छाडेका छन्। नेप्सले अहिलेसम्म पनि गल्ति कोबाट कसरी भयो भन्ने जानकारी दिन सकेको छैन। साथै नेप्सबाट चोरी भएको तथ्यांकहरू प्रयोग गरेर अर्को नक्कली कार्ड बन्ने खतरा उत्तिकै छ। त्यही भएर पनि बैंकहरुले धमाधम नेप्सलाई छाड्न थालेका हुन्।

एनआइसी एसियाले मोरक्कोको स्वीच प्रयोग गर्न लागेको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एसटुएमका उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन्।

आफ्नै स्वीच प्रयोगमा ल्याएपछि कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुने बैंकले जनाएको छ। स्वदेश तथा विदेशमा कार्डबाट हुने इकमर्स कारोबारलाई पनि सहज हुने विज्ञप्तिमा उल्लेख छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News