September 20, 2017, 4:42 pm      |      २०७४ असोज ०४ बुधबार
NEWS HEADLINES

अमेरिकामा नेपालका कलाकारहरुको बेजोड प्रस्तुति

नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरले डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित २०७२ नया बर्ष धमाकामा बेजोड प्रस्तुति गरे l

उक्त मनोरंजन साँझमा नेपाली पन झल्कने विविध साँस्कृतिक प्रस्तुतीबाट धेरै लामो समय देखि डिसी महानगर क्षेत्रमा प्रतिक्षा रत रहेका नेपाली समुदायले भरपुर मनोरञ्जन लिए l

पशुपति शर्मा तथा संगिता थापा मगरको प्रत्यक्ष लोक दोहोरी ,सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसन तथा प्रमोद खरेलको गीत,गजल तथा हास्य व्यंग्यको बेजोड प्रस्तुतिले कार्यक्रम स्थल कर्तल ध्वनिले गुञ्जयमान हुन् पुगेको थियो l

दर्शकले मन थाम्न नसकी मंच भरि कलाकारलाई साथ दिदै झुमेका थिए भने बिशेष धुर्मुस र सुन्तलीको प्रस्तुतिले दर्शकहरु च्यापु दुख्ने गरि हासेका थिए l

अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ को अमेरिकामा पहिलो प्रस्तुति भर्जिनियामा अपार सफलताको साथ सम्पन्न भएको छ l

कार्यक्रम स्थलको कुल सिट ५ सय २० रहेकोमा करिब ४ सय ५० भन्दा ज्यादा टिकट बिक्रि भएको जानकारी शुभकामना साँझका संयोजक तथा साहित्यकार बसन्त श्रेष्ठले बताए l श्रेष्ठले कलाकारहरु राष्ट्रका सम्पत्ति हुन् र उनीहरुलाई हामी सबैले सम्मान गर्नु पर्छ भन्ने मन्तब्य राखेका थिए l कार्यक्रम नेपाल तथा अमेरिकाको राष्ट्रिय गीत बाट शुरुवात भएको थियो भने स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति देखाएका थिए l

प्रसिद्ध लोक गायिका संगिता थापा मगरले मेरो कालेको आँखै प्यारो छ तथा लाहुरे दाइले झुक्याए मलाई जस्ता गीत गाउदा दर्शक मंच तथा कार्यक्रम स्थल पछिल्लो भागमा नाच्दै उनलाई साथ दिएका थिए l

सिताराम कट्टेल ‘धुर्मुस’को केपी शर्मा ओली बनेको एकल प्रहसनमा परदेशमा नेपालीहरुको चित्रण ,नेपालमा संबिधान बन्ने तथा अन्य समसामयिक बिषयमा गरेको प्रस्तुतिमा दर्शकले ताली ठोकेका थिए l

नेपालका अर्का उदियमान गायक प्रमोद खरेलले म मरे पनि मेरो देश मलाई प्यारो छ भन्दै गीत गाउन सुरु गरेका थिए l

म मेरो देशको गीत गाउँछु र सुनाउने गीत गाउँछु भन्दै याद गर्न ....कोहि चाहिदो रहेछ , मलाई जसले पनि किन रुवाउछ .....म छु आज धेरै टाडा गीत को साथै उनले हास्य व्यंग स्वरुप बिभिन्न गायकहरुको नक्कल प्रस्तुतिले अझ माहौल तताएका थिए भने उनि संगै दर्शक नाचेका थिए l

यसै गरि युवा लोक गायक पशुपति शर्माको काम पाईएन डिग्री पास गरेँ र भैसी पालेँ गाउँतिर झरेर ,मलाई अमेरिका यहीं, मलाई जापान पनि यहीं’ तथा अन्य गीत गाउदा मंच खचाखच भरिन पुगिएको थियो भने बृद्ध ,बाल बच्चा ,युवा युवती झुम्न बाध्य भएका थिए l

बिशेस गरि सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तलीको 'फतौरी " प्रहसनमा अब नेपालमा मलामी जाने मानिस छैनन् बा ! बिबाहमा मानिस जुटाउन गार्हो छ बा ! आफ्ना बूढा बा-आमालाई औषधि र तातो पानी खुवाउने सन्तान छैनन् बा ! नेपाल रित्तिदै छ भन्दा दर्शकले ताली बजाउनुको साथै भाबुक पनि बनेका थिए l अब नेपालमा महिला प्रधान मन्त्रि हुनु पर्छ ,सबै सभासद महिला हुनु पर्छ र नेपालको नेतृत्व अब महिलाले गर्नु पर्छ भन्दा बिशेष महिलाहरुले थप्पडी र सिट्ठी बजाएका थिए l

कार्यक्रममा कलाकारहरुलाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो भने उनीहरुको प्रस्तुतिमा कुनै तस्बिर तथा श्रब्य दृश्य खिच्न दिइएको थिइन् l कार्यक्रम समाप्त पछि कलाकारहरुसंग सामुहिक छायाचित्र खिच्न फुकुवा गरिएको थियो l

२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले नेपाल फर्के पछि संचित रकमबाट नेपालस्थित अनाथालयहरुको सहयोग गरिने जानकारी दिए l





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार