June 23, 2017, 9:19 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

सलमान र कैटरिना एउटै फिल्ममा देखिने

एजेन्सी । लिउडका दबंग सलमान खान र कैटरिनाको जोडी फेरी एकपटक सिल्भर स्कृनमा संगै देखिने भएको छ । प्रोड्युसर साजिद नाडियाडवालाको चलचित्र ‘किक’को एक आईटम गीतमा यो जोडी सँगै देखिने भएको हो ।

सम्बन्ध चिसिएको भन्दै अब आउने चलचित्रमा सलमान र कट्रिना एकसाथ नदेखीने भन्ने हल्ला बाहिर आईरहँदा यो खबरले भने यी पुर्व प्रेमी प्रेमीका जोडी सलमान र कट्रिनाबीच सम्बन्ध राम्रो नै रहेको प्रष्टिएको छ । स्रोतका अनुसार चलचित्र ‘किक’मा एक गीतमा यो जोडी पर्दामा देखीनेछ ।

सलमानको अपोजिशनमा नाच्ने अर्को कुनै नायिका कट्रिना बराबर ‘फिट’ नदेखिने भएकोले नै निर्माण टिमले सलमानसँग कट्रिनालाई नै नचाउन लागेको बताईएको छ । तर यसको लागी निर्माता साजिदले निर्णय लिईसकेको भएपनि सलमानको निर्णय आउन बाँकी छ । ‘किक’को यो आईटम गीतको छायांकन भने जुन महिनामा गरिनेछ ।

यो जोडी पछिल्लो समय चलचित्र ‘एक था टाईगर’मा सँगै देखिएको थियो । चलचित्र ‘किक’मा लिड रोलमा भने सलमानसँगै जैकलिन फर्नांडिज देखिँदैछिन् 





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार