June 24, 2017, 4:07 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

फिनल्यान्डमा नेपाली युवकको मृत्यु

हेल्सिन्की  फिनल्यान्डमा एक नेपाली युवकको मृत्यु भएको छ। उनको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली संघ (एनआरएन) फिनल्यान्डले काम गरिरहेको छ ।

खोटाङ रतन्छा घर भएका दीपक राईको मृत्यु एक महिना अघि नै भएको थियो। फिनल्यान्ड हुँदै नर्वे जाने क्रममा उनको मृत्यु भएको थियो। एनआरएन फिनल्यान्डले उनको शव नेपाल पठाउन पहल गरेको छ। त्यसका लागि फिनल्याण्डबासी नेपालीहरुले रकम संकलन गरेका छन्।

एनआरएन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार एनआरएनले संस्थागत रुपमा १ हजार १ युरो, फिनिस नेपाली समाजले ७ सय ८८ युरो र नेपाली समुदायबाट २ हजार ६१ युरो संकलन भएको छ। नेपाली समुदायले आफैँ कूल ३ हजार ८ सय ५० युरो संकलन गर्न सक्दा शव नेपाल पठाउन सम्भव हुने भएको हो।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार