छवि र शिल्पाको बिहेको चर्चा

काठमाडौं । केहि चलचित्रकर्मीको कुरालाई विश्वास गर्ने हो भने छवि र शिल्पाले गतबर्षको दशैंमा नै काठमाडौंको एक मन्दिरमा पुगेर सुटुक्क बिहे गरेका थिए । त्यसैले निर्माता छविराज ओझाले रेखासँग कागजी रुपमा डिभोर्स गर्नका लागि हतार गरेका थिए ।

तर, छवि र शिल्पाले अझै पनि बिहे भएको कुरालाई स्विकार गरेका छैनन् । त्यसैले जब छवि र शिल्पाको चलचित्र रिलिजको समय नजिक हुन्छ, बिहेको कुरा निस्कन्छ । निर्माता ओझा, निर्देशक नवल नेपाल र नायिका शिल्पा पोखरेल अहिले काठमाण्डौ बाहिर फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र मंगलमको प्रचारका लागि पुगेका छन् ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा छविले व्यक्तिगत प्रश्नको जवाफ दिदै शिल्पासँग चलचित्र रिलिज भएपछि बिहे गर्ने बताए । हामीले बिहे गर्छौ भनेका नै छौ । यसैले, यसपटक चलचित्र प्रचारका लागि बिहेको कुरा म उठाउनै चाहन्नँ ।

नेपालगञ्ज र सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरेका छविले ‘मंगलम रिलिजपछि बिहेको कुरा हुने बताए । तर जब छविराज ओझा र शिल्पा पोखरेलको चलचित्र रिलिजको समय आउँछ, बिहेको कुरा त निस्किहाल्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs