पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने तयारी

काठमाडौ  निर्देशक सौरभ ढकाल अहिलेसम्मकै सबैभन्दा महँगो ‘पृथ्वीनारायण शाहको बायोपिक’ चलचित्र बनाउने तयारी थालेका छन् । निर्देशक ढकालका अनुसार, यस चलचित्रको लागि सम्पूर्ण तयारी भइसकेको छ ।

त्यसको लागि अमेरिकन भी.एफ.एक्स कम्पनी र इन्डियन भी.एफ.एक्स कम्पनीसँग टाईअप गरिसकिएको र नेपालमा रहेको टेक्नोलोजी पनि प्रयोग गरिने उल्लेख गरेका छन् । यस्तै यस चलचित्रको अधिकांश टेक्निकल पार्ट इन्डियाबाट हुने कुरा पनि उनले उल्लेख गरेका छन् ।

यस विषयमा बोल्दै उनले अहिलेको चलेकै टप स्टार कलाकारहरू नै चलचित्रमा राखिने बताए । तर, को–को नायक–नायिका चलचित्रमा अनुबन्दित गरिने भन्ने टुंगो लागेको छैन । ढकालका अनुसार, चलचित्रमा २ भाषा अङ्ग्रेजी र नेपालीमा प्रयोग हुने छ । उनी विभिन्न ठाउँमा अनुसन्धानको लागि हिडिरहेका छन् ।

उनले बताए अनुसरा यो चलचित्र अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र हुने छ तर निर्माण बजेटको विषयमा कुनै पनि कुरा खुलाएका छैनन् । यसै वर्ष मात्र उनि निर्देशित “हिटलर” नामक चलचित्र प्रदर्शनमा आएको थियो । तर चलचित्रले खासै सफलता हासिल गर्न सकेन ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs