सलमान खानको नेपाल भ्रमण रद्द

काठमाडौं । बलिवूडका चर्चित अभिनेता सलमान खान सहभागी हुने भनिएको कार्यक्रम ‘दबंग द टुर’ स्थगित भएको छ । अभिनेता खानको नेपाल भ्रमणको विषयलाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले कडा विरोध जनाएपछि उनले नेपाल आउने कार्यकरम रद्द गरेका हुन् ।

सलमानले आफू कार्यक्रममा सहभागी नहुने सन्देश पठाएपछि अयोजक सांस्था ओडिसी इटरनेशनलले कार्यक्रम स्थगित गरेको हो । ओडिसीले औपचारिक रुपमा कार्यक्रम रोकिएको नबताए पनि हाललाई निर्धारित मितिमा कार्यक्रम गर्न नसकिने र केही पछाडि गर्नेगरी स्थगित मात्र गरिएको जनाएको छ । यसका बारेमा उसले केही बेरमै पत्रकार सम्मलेलन गर्ने समेत जनाएको छ ।

यही १० मार्चमा काठमाडौँको टुडिखेलमा हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रममा अभिनेता सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदर लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो । यसअघि कार्यक्रमकै तयारीका लागि भनेर सलमानका भाइ सोहेल खान नेपाल आएर फर्किका थिए।

सलमानको  कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो । आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा सहभागीता जनाउन नचाहेको बताइएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs