गीत चोरेको आरोपमा फिल्मका निर्माता पक्राउ

काठमाडौं । गीत चोरीको आरोपमा अनमोल केसी अभिनित फिल्म 'कृ' का निर्माता सुवास गिरी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो । 

नेपाली पुरानो फिल्म 'सम्झना'का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि...' बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए ।

पटक-पटक छलफल गर्दा पनि ‘कृ’ले उक्त गीत हटाउन नमानेपछि मुद्दा प्रक्रिया अघि बढेको हो। परिसरका डिएसपी मोहन थापाले निर्माताविरुद्ध प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बताए । प्रधानले भुवन केसीविरुद्ध समेत जाहेरी दिएका थिए । तर, कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो ।

प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ । अरुको सिर्जना चोरी गर्ने प्रवृत्ति रोक्न आफूले प्रहरीमा जाहेरी दिएको निर्माता प्रधानले नेपाल लाइभलाई बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs