अनमोल र वेनिशाले जिते छैठौं एनएफडीसी अवार्ड

काठमाडौँ । छैठौं एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत अनमोल केसीले उत्कृष्ट नायकको अवार्ड जितेका छन् । अभिनेता भुवन केसीका छोरा अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड हात पारेका हुन्।

यसैगरी वेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। यो चलचित्रमा वेनिशाले दृष्टिविहीन श्रृष्टी केसीको भूमिका निर्वाह गरेकी छन् ।बिहिबार बेलुकी काठमाण्डौको हायात होटल परिसरमा आयोजित छैठौं एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा उत्कृष्ट चलचित्रको अवार्ड ‘सत्रु गते’ले प्राप्त ग¥यो।

यस्तै उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले हात पारेका छन् । चलचित्र ‘लिलिबिली’बाट उनले यो अवार्ड जितेका हुन् । यस्तै, उत्कृष्ट कथाको अवार्ड चलचित्र ‘शत्रु गते’बाट प्रदीप भट्टराई र दीपकराज गिरीले प्राप्त गरेका छन् भने उत्कृष्ट पटकथाको अवार्ड ‘छक्का पन्जा २’बाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले पाएका छन् ।

यसैगरी उत्कृष्ट नव–नायकको अवार्ड नायक आशिरमान देशराज जोशीले चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट जितेका छन् भने चलचित्र ‘लिलिबिली’बाट उत्कृष्ट नव–नायिकाको अवार्ड जसिता गुरुङले जितेकी छन् । उत्कृष्ट सह-अभिनेताको अवार्ड चलचित्र ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारले जिते भने सोही चलचित्रबाट नायिका केकी अधिकारीले सह–अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs