चलचित्र कायराको ट्रेलर सार्वजनिक

काठमाडौं । निर्माण कार्य देखी नै चर्चामा रहेको र नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देल र नेपाली चलचित्र प्रेमी दर्शक माझ एक पछी अर्को गर्दै सफल चलचित्र हरु दिन सफल अहिले कि ब्यस्त र चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी शाह अभिनित चलचित्र कायराको ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको सम्पुर्ण छायाकन फिलिपिन्स मा गरिएको उक्त चलचित्र लाई नायक आर्यन सिग्देलको होम प्रोडक्सन बाट निर्माण गरिएको छ ।पहिलो पटक साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गरेका नायक आर्यनको उक्त चलचित्र कायरा’को सार्वजनिक गरिएको ट्रेलरमा आर्यन र साम्राज्ञीको जोडी मिलेको देखिएको छ ।

निर्देशक लक्ष्मण रिजालको निर्देशनमा निर्मित उक्त चलचित्र नेपाली चलचित्रको बजारमा प्रतिक्षित बनी रहेको समय मा सार्वजनिक भएको यस ट्रेलर सगै उक्त चलचित्र को हाइप बढने अनुमान लगाउन सकिन्छ । साउन १८ गते बाट प्रदशन मा आउन लागेको उक्त चलचित्र‘कायरा’मा नायिका साम्राज्ञी र नायक आर्यन को मुख्य भूमिका रहेको छ ।

साथै केहि समय देखी सुस्तएको नेपाली चलचित्रको बजार यो चलचित्र प्रदशनीमा आए सगै फेरी गर्माउने अनुमान लगाउन सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र निकै राम्रो बनेको र आर्यनको कामबाट आफू अत्यन्त प्रभावित भएको पनि बताएकी छिन ।

त्यसै गरी नायक आर्यन सिग्देलले पनि आफू यस चलचित्रमा फरक भूमिकामा देखिएको र नायिका साम्राज्ञी कामका लागि सधै नै तयार हुने र साम्राज्ञी जस्ती नायिका मैले यस अगाडि न भेटेको बताएका छन । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs