कामाछिरिङले बनाए हिमाल आरोहणको वृत्तचित्र

काठमाडौं । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहण, समस्या समाधान र हिमाल आरोहणका नायक शेर्पाहरुको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन् ।शेर्पाले लामो समय लगाएर वृत्तचित्र तयार पारेका हुन् । उनले सो वृत्तचित्रमा नेपालका हिमालहरुको महत्वलाई प्राथमिकतासाथ उठाउएका छन् ।

शेर्पाले आफैंले पनि दुई पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन् । उनले आफुले सगरमाथा आरोहणका क्रममा कैद गरिएका दृष्य पनि वृत्तचित्रमा समावेश गरेका छन् ।काठमाडौदेखि सगरमाथा आरोहण गर्दासम्मका दृष्य वृत्तचित्रमा समेटिएको छ । हिमाल आरोहणमा ज्यान गुमाएका नेपाली आरोहीको कथा समेत वृत्तचित्रमा समावेश गरिएको छ ।

हिमाल चढ्दाको दर्दनाक अवस्था झल्काइएको सो वृत्रचित्रमा आरोहणका क्रममा कतिले ज्यान गुमाए भन्ने तथ्याङ्क समेत प्रस्तुत गरिएको छ । हिमाल आरोहणलाई युद्धसँग तुलना गर्दै शेर्पाले आरोहण गर्दाको समस्या, ज्यान गुमाउँदा परिवारले व्यहोर्नुपर्ने दुःख, अंगभंग भएका आरोहीहरुको कारुणीक कथालाई यथार्थ रुपमा वृत्तचित्रमा प्रस्तुत गरिएको शेर्पा बताउँछन् ।

शेर्पाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वृत्रचित्र निर्माण गर्दाको दुःख सुनाए । ‘नेपाली शेर्पाहरुको साहस, धेर्यताबारे र समग्र नेपालको पर्यटन क्षेत्रको अवस्था झल्काउने कोशिस गरेको छु’ उनले भने, ‘हिमाल चढ्ने ओरोहीको अवस्था बारे कसैले बोल्दैनन्, राज्यले त्यही आरोहबिाट कर मात्रै उठाउँछ । त्यो अवस्थाको पनि चित्रण गरेको छु ।’

उनले आफ्नो वृत्तचित्रमा हिमाल आरोहण मात्र हैन, समग्र पर्यटन क्षेत्रमा देखिएका बेथिति र समाधानका उपायबारे पनि वृत्तचित्रमै देखाएका छन् । वृत्तचित्रले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा, स्वास्थ्यको व्यवस्था गरिदिनु पर्ने, अंगभंग भएकाहरुको उपचारको व्यवस्था गरिदिनु पर्ने, बृद्ध आरोहीहरुको लागि सामाजिक सुरक्षाको व्यवस्था ग्यारेण्टी हुनुपर्ने, पर्यटकको सुरक्षा लगायत पनि समेटेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs