सिनेमा लभ स्टेशनको शुभमुहुर्त पशुपतिमा

काठमाडौं । लभ स्टेशन सिनेमाको सोमबार पशुपति मन्दिरमा शुभमुहुर्त गरिएको छ । सिनेमाको छायांकन भने आगामी शुक्रबारदेखि भारतको दार्जिलिङबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडी रह्ने सिनेमा ‘लभ स्टेशन’को शुभमुहुर्त गरिएको हो । यसका लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने कार्यक्रम रहेको निर्माता गोविन्द शाहीले बताए।

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जिलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ। ५० दिनको छायंकन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमाभन्दा केही पृथक लभ स्टेशन बन्ने पनि प्रदीपले बताए। लिलिबिलीमा प्रदीप खड्का र जसिता गुरुङसँगको जोडीलाई अत्याधिक रुचाएका थिए। आफ्नो जोडी र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs