Thursday, 23rd May, 2019

प्रदेश सरकारले दोलखामा फिल्म सिटी बनाउने

दोलखा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले दोलखामा फिल्म सिटी बनाउने उद्घोष गरेका छन् ।  उनले भने ‘फिल्मसिटी बनाउनका लागि काम सुरु गर्नुस् प्रदेश सरकारले सहयोग गर्छ ।’

पौडेलले दोलखाको बिकाशमा प्रदेश सरकारले विभिन्न योजना बनाईरहेको जानकारी गराए । दोलखाको भिमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पौडेलले यस्तो बताएका हुन ।

उनले आगामी दिनमा योजना बनाउँदा आवश्यकतालाई प्राथमिकता दिनु पर्ने र काम गर्ने शैली पनि परिबर्तन गर्नुपर्ने बताए । बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताए । उनले भने,‘परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले सुरु गरिसकेको छ ।’

पौडेलले प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताए । प्रदेशले स्थानिय स्तरमा छलफल गरेर आवश्यकता अनुसार विकाशका योजना तयार गर्ने पनि जानकारी दिए ।

विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अब छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने जानकारी गराए । नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकाँश खेतबारी बाँझो रहेको भन्दै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उनको भनाई छ ।

उनले अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उनको भनाई थियो । उनले भने, ‘६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । जलविद्युत कम्पनीहरुले सार्वजनिक सेयर (आइपीओ) निष्कासन...


काठमाडौं । शेयर बजार घटेर ब्रोकर कार्यालय जान छाडेका लगानीकर्ता ब्रोकर...


काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


More News