Thursday, 23rd May, 2019

बुटवलमा पाँचौं राष्ट्रिय दोहोरी प्रतियोगिता सुरु

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा रुपन्देहीको बुटवलमा पाँचौं राष्ट्रिय खुल्ला (रनिङ सिल्ड) दोहोरी प्रतियोगिताका सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिष्ठानको पूर्वअध्यक्ष तथा चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले लोक तथा दोहोरी संस्कृतिलाई संकटमा पर्न लागेको भन्दै नयाँ पुस्ताको लागि बचाएर राख्नुपर्ने बताए । ‘

त्यस्तै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले प्रतियोगिताले लोक संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास गरे । ‘संस्कृति भनेको महान् कुरा हो, नयाँ पुस्ताले पनि संस्कृतिको विषयमा जानकारी पाउनुपर्छ, उनले भने– ‘दोहोरीले सबै समुदायलाई एकै ठाउँमा जोड्नेछ।’

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विगतमा काठमाडौंमा मात्र हुने गरेको प्रतियोगिता बुटवलमा हुनु यस क्षेत्रको गौरव रहेको बताए । कार्यक्रमको उद्घाटनमा खुमन अधिकारीले गाएको गीतमा पुरुषोत्तम न्यौपानेसँगै, प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, उपाध्यक्ष पशुपति शर्मालगायतका पदाधिकारीहरू नाचेका थिए । 

फागुन २५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा ५० वटा समूहले भाग लिँदैछन । दोहोरी गीत प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख २० हजार पाउनेछन् । काठमाडौंबाहिर पहिलो पटक यस प्रकारको प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । जलविद्युत कम्पनीहरुले सार्वजनिक सेयर (आइपीओ) निष्कासन...


काठमाडौं । शेयर बजार घटेर ब्रोकर कार्यालय जान छाडेका लगानीकर्ता ब्रोकर...


काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


More News