Monday, 20th May, 2019

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’ प्रदर्शन

काठमाडौं  विगत ३ वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गरेको जानकारी दिए ।

गतसालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो । तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी दियो । रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार र बजेटका फिल्मको चपेटामा परेको फिल्मले चौथो हप्तासम्म प्रदर्शन यात्रा लम्ब्याएको हो ।

केही हदसम्म समीक्षकसँगै बौद्धिक वर्गलाई पनि रिझाएको फिल्म ८० लाख लगानीमा बनेको थियो । फिल्मले ३ करोडको ब्यवसाय गरेको निर्देशक बिनोदको दाबी रहेको छ । फिल्म हालै अष्ट्रेलिया प्रदर्शनका लागि १२ लाखमा सम्झौता भएको निर्देशक पौडेलको भनाई रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News