Wednesday, 23rd October, 2019

अभिनेता नाजिर हुसेनलाई ज्यान मार्ने धम्की

काठमाडौं । अभिनेता नाजिर हुसेन यतिबेला चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘कागजपत्र’को प्रचार प्रसारमा जुटेका छन् । यसअघिको सिनेमा ‘गरुड पुराण’ले खासै राम्रो कारोबार नगरेका कारण पनि नाजिरका लागि यो सिनेमा खास छ । यो सिनेमाले सुखद कारोबार गर्ने आशा नाजिरले राखेका छन् । यस सिनेमामा उनले अभिनेत्री शिल्पा मास्केसँग जोडी बाँधेका छन् ।

यतिबेला सिनेमाको बारेमा दर्शकलाई जानकारी गराउने हेतुले प्रचार प्रसारमा जुटेका नाजिरले ढुक्क भएर सिनेमाको प्रचार गर्न पाएका छैनन् ।  उनलाई सिनेमा उद्योग छोडेर नगएको खण्डमा गोली हान्ने धम्की आएको छ । यसरी गोली हान्ने धम्की आएपछि नाजिरले सिनेमाको प्रचार प्रसारमा बाहिर जाँदा अशुरक्षित महसुस गरिरहेका छन् । उनलाई कसैले कतैबाट गोली हानिहाल्ने हो कि भन्ने डर लागिरहन्छ ।

धर्मका आधारमा मुल्याकंन गरेर यस्ता धम्की आउनु अर्थपूर्ण नभएको भन्दै नाजिरले चित्त दुखाए । यसका साथै उनले आफूले लामो संघंर्ष गरेर पाएको अहिलेको स्थान र दर्शकको माया छोडेर कतै जान नसक्ने पनि उल्लेख गरे । 

उनले आफूलाई कसले धम्की दियो भन्ने बारेमा खुलाएका छैनन् । आफूलाई धम्की आएपछि उनले उजुरी भने गरेका छन् । तर उनलाई  नेपालमा साइबर क्राइमका लागि त्यति बलियो कानुन नबनेका कारण त्याे व्यक्तिलाई  कारबाही गर्न कठिन हुने चिन्ता छ ।

बाहिरी देशहरुमा सेलिब्रेटीको नाम प्रयाेग गरेर सामाजिक सञ्जालमा विभिन्न पेज खाेल्न नमिल्ने व्यवस्था छ तर नेपालमा भने सेलिब्रेटीको नामबाट गलत अकाउण्ट बनाएर उसको इज्जतमा आँच आउने कामहरु भइरहेको र यसले आफ्नो जीवनमा असर गरिरहेको उनले बताए ।

नाजिरलाई सामाजिक सञ्जालमा धम्कीले भरिएका छाडा कमेन्टहरु पनि आएका छन् । यस्तै यहि सिनेमाकी अभिनेत्री शिल्पा मास्केलाई पनि सामाजिक सञ्जालमा अश्लील शब्दहरुको प्रयोग गरेर प्रतिकृयाहरु आएका छन् । उनीहरुले कसैले खर्च गरेर आफूहरुलाई फसाउन र तनाव दिन खोजेको हुन सक्ने बताए । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


काठमाडौं । सानिमा बैंकको २१.०५२% लाभांश पारित भएको छ । बैंकको बुधबार...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


More News