Thursday, 18th April, 2019

पत्रिकाविरूद्ध मुद्धा हाल्ने तयारीमा प्रियंका चोपडा

काठमाडौं । आफ्नो र आफ्ना पति निक जोन्सको डिभोर्स हुन लागेको झूटो खबर छापेको भन्दै अभिनेत्री प्रियंका चोपडाले खबर छाप्ने उक्त अमेरिकी अखबारविरूद्ध मानहानीको मुद्धा हाल्ने सोच बनाएकी छन् ।

प्रियंका निकट श्रोतको हवाला दिदैं भारतिय संचारमाध्यमले प्रियंका मुद्धा हाल्ने तयारीमा पुगेको जनाएका छन् । सो अमेरिकी पत्रिकाले विवाह भएको ११७ दिनपछि नै निक र प्रियंकाको सम्बन्ध पारपारचुकेको अवस्थामा पुगेको भन्दै आवरण कथा छापेको थियो।

खबर छापिएपछि प्रतिक्रिया दिदैं प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन खुशीयालीका साथ बितिरहेको सन्दर्भमा यस्ता खबरले आफूलाई दुखित तुल्याएको बताएकी छन्। उनले यदि यो खबर छापेर अप्रिल फुल मनाइएको भए यो अति नै घटिया काम भएको उनको भनाइ छ ।

सो पत्रिकाले निक आफ्नी पत्नी प्रियंकाको नखराले धेरै आजित भएको लेखेको थियो । पत्रिकाले प्रियंका उमेरमा परिपक्व भएपनि २१ वर्षिया युवतीजस्तो स्वभाव भएको र हरेकको कुरामा झगडा गर्ने भएकाले डिभोर्सको अवस्था आएको जनाएको थियो ।

उसले पारिवारिक श्रोतको हवाला दिदैं दुबै जना डिभोर्स गर्ने निर्णयमा पुगेको लेखेको थियो ।स्मरणिय रहोस् यस्तो खबर छापिरहँदा प्रियंका आफ्नो पति निकसँग मयामीमा बिदा मनाइरहेकी थिइन् । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News