Tuesday, 28th January, 2020

नायिका करिश्मा मानन्धरले पार्टी छाडिन्

काठमाडौं । केही बर्ष पहिले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदै गर्दा संयोजक डा. बाबुराम भट्टराइमा जुन खालको मुस्कान छल्किएको थियो, त्यो भन्दा बढि खुशी नायिका मानन्धरमा थियो ।

नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँ सम्म पुगिन् । तर, उनको खुशी राजनीतिक हिसाबले लामो समयसम्म रहन सकेन । नायिका मानन्धरले नेपालको राजनीति एकदमै वुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । उनले राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्धन्द्ध आफ्ना लागि नसुहाउने रहेछ समेत भनेकी छिन् ।

पत्रकारसँगसँग कुरा गर्दै नायिका मानन्धरले आफूले नयाँ शक्ति पार्टीमा गएर धेरै कुरा सिकेको भन्दै घुमाउरो तरिकाले अब यो पार्टी छाडेको बताएकी छिन् । उनले, नयाँ शक्ति पार्टी र फोरमको एकिकरणपछि बनेको स्थितीलाई राम्रो भन्दै यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको पनि बताएकी छिन् । उनको यो कुराले पनि उनले अब राजनीतिलाई नयाँ चिराबाट अगाडि बढाउन चाहेको वुझ्न सकिन्छ ।

उनले, कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै राजनीति नहुने भन्दै स्वतन्त्र रुपमा चुनाव लड्न सक्ने पनि उल्लेख गरेकी छिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताएकी छिन् । उनले, अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत बताएकी छिन् ।

पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि गाह्रो नहुने करिश्माको तर्क छ । करिश्माले बाबुराम भट्टराइको पार्टी र उपेन्द्र यादवको पार्टी एकिकरणपछि बनेको समाजवादी  पार्टीमा सहभागी नहुने र कसैको बाँसुरी नबजाउने पनि स्पष्ट पारेकी छिन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


More News