Wednesday, 17th July, 2019

आइफा अवार्ड रोक्न संसदीय सिमितको निर्देशन

काठमाडौं  संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारको सहयोगमा आयोजना गर्न लागेको इन्डिएन इन्टरनेशनल फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हो । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिखै सरकारले अपरिपक्व निर्णय लिएको ठहर गरेको छ ।

बैठकमा नेकपाका नेता तथा सांसद भिम रावलले राष्ट्रियताका सवालमा सरकारले विचार नै नगरी निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए । सत्तारुद्ध दल नेकपाका सांसदको बहुमत रहेको समितिले सर्वसम्मत रुपमा अवार्ड रोक्न निर्देशन दिएको हो । समितिमा उपस्थित भएका पर्यटन सचिवले पनि सांसदहरुका कुरा सुनेपछि रोक्नु उपयुक्त हुने अवस्था रहेको भन्दै संसदीय सिमितको निर्देशन मन्त्रालयले पालना गर्ने बताएका थिए ।

‘पुरै पर्यटन बोर्डका निम्ति एकअर्व रुपैया बजेट छ, टुरिजम इयरका लागि पनि कम पैसा छुट्टाएको छ तर सरकार छोटो समयमा अर्व खर्च गर्ने सहमति गर्छ,’ समितिका सदस्य दिव्यमणि राजभण्डारीले भने, ‘इन्भेष्टमेन्ट भइसकेपछि रिटर्न आउने ज्ञारेन्टि हुनु पर्दैन ।’

सांसदहरुले अवार्ढ आयोजनाका लागि रोजेको स्थानका विषयमा पनि आपत्ति जनाएका थिए । ‘नेपाली जनातालाई आर्मी अफिसर्स क्लवमा पस्न नदिने, अनि भारतीय कलाकार आउँदा आर्मीले सेक्यूरीटी दिने ?,’ भण्डारीले भने, ‘यसअघि भारतीय कलाकारका कार्यक्रम सुरक्षाा कारण स्थगित भए । सरकार स्पष्ट एग्रिमेन्ट नै नगरी फेरि कच्चा निर्णय गरेको देखियो ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News