चिसोका कारण पर्सामा दुई जनाको मृत्यु

विरगञ्ज । प्रदेश नम्बर २ अनतर्गत पर्साको विरगञ्जमा चीसोले कठ्यांग्रिएर थप दुई जनाको मृत्यु भएको छ । चिसोका कारण दुई जनाको मृत्यु भएको र दुवै जना जिराभवानी गाउँपालिकाको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिए ।

जिराभवानी गाउँपालिका वडा नं १ महादेवपट्टि पकडीटोलाका ६० वर्षीय कमल खवास थारु सुतिरहेकै अवस्थामा मृत भेटिएका हुन् । चिसोले कठ्यांग्रिएर उनको बिहान २ बजेतिर मृत्यु भएको भएपनि प्रहरीलाई बिहान साढे १० बजेतिर मात्रै जानकारी आएको जिप्रका पर्साले जानकारी दिएको छ ।

त्यसैगरी जिराभावनी गाउँपालिका वडा नं १ महादेवपट्टीको तमरीटोल बस्ने ३५ वर्षका शम्भु महरा चमारको पनि जाडोकै कारण मृत्यु भएको छ । उनी पनि बिहान मृत भेटिएका थिए । मृतकहरुको आर्थिक अवस्था कमजोर रहेको र न्यानो ओढ्ने कुराको अभावमा ज्यान गएको स्थानीयले बताएका छन् ।

यस अघि मंगलबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं १८ भवानीपुरमा चिसोले कठ्यांग्रिएर स्थानीय ५० वर्षीया मञ्जु मण्डलको मृत्यु भएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs