चिसो बढेपछि विद्यालय बन्द

सप्तरी । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराज लगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ ।

खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । साथै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाडोबाट उत्पन्न हुने रोगका बिरामीको उपचारका लागि अत्यधिक आउने गरेको पाइएको छ ।

त्यसैगरी सप्तरीका स्वास्थ्य चौकीमा पनि निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोगका बिरामी आउने गरेको सकरपुरास्थित स्वास्थ्य चौकीबाट बुझिएको छ ।

सामुदायिक विद्यालय बन्द

यसैबीच, विगत चार दिनदेखि अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गर्नुपरेको जनाएको छ । चिसोकै कारण कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून हुदै गएको थियो ।

सप्तरी जिल्लामा ४१२ वटा सामुदायिक विद्यालय रहेका छन् । यता जिल्लाका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिए पनि निजी विद्यालय भने सञ्चालनमा नै रहेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs