तीन हजार बिरामीको स्वास्थ्य परीक्षण

डडेल्धुरा । जिल्लाको नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकीकृत स्वास्थ्य शिविरमा तीन हजार बढीले स्वास्थ्य परीक्षण गराएका छन् । नवदुर्गा गाउँपालिकाको आयोजनामा पाँचवटै वडामा सञ्चालन भएको उक्त शिविरमा दाँत, आँखा र पाठेघर लगायत समस्याका बिरामीको उपचार गरिएको हो ।

गत माघ २१ गतेदेखि सञ्चालन भएको शिविरमा एक हजार ९ सय २९ को सामान्य स्वास्थ्य परीक्षण, पाठेघर सम्बन्धी चेकजाँच तीन सय १२, आँखाको उपचार एक हजार १ सय ८६, दाँतको उपचार ३ सय ३६ तथा भिडियो एक्सरे १ सय ६४ जनाको गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए ।

यसैगरी चश्मा वितरण ३ सय ९८ जना र मोतियाविन्दुका १ सय १५ बिरामीको उपचार गरिएको थियो । सो कार्यको आर्थिक व्यवस्थापन गाउँपालिकाले गरेको थियो । तीन हजार २ सय ७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs