नक्कली डाक्टरको यस्ता घिनलाग्द कर्तुत खुल्यो

काठमाडौं । आफू वरिष्ठ डाक्टर भएको भन्दै विभिन्न अस्पतालमा विरामी जाँचेको आरोपमा पक्राउ परेका १७ जना विदेशी डाक्टरलाई प्रहरीले पक्राउ परेको केही दिनपछि सार्वजनिक गरेको छ । 

डाक्टरी पढेको कुनै प्रमाणपत्र पनि नभएको र नेपाल मेडिकल काउन्सिलबाट अनुमति पनि नलिइकनै विभिन्न रोग निको पार्ने र आफू वरिष्ठ चिकित्सक हो भन्दै विभिन्न अस्पतालमा काम गर्ने १३ जना चिनियाँ नागरिक, १ जना अष्ट्रेलियन नागरिक र अस्पताल सञ्चालक ३ जना नेपालीलाई पक्राउ गरेर ठगि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले एपोलो इन्टरनेश्नल पोली क्लिनिककी सञ्चालक मिना कुमारी श्रेष्ठसहित ८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यस्तै सिवाइडब्लुइसी अस्पताल लैनचौरका सञ्चालक प्रतिभा पाण्डेसहित एकजना अष्ट्रेलियन नागरिक, चाइना ग्रेटवाल हेल्थ सेन्टर बौद्धका सञ्चालक नारायण तिमिल्सिनासहित २ जना चिनियाँ नागरिक, चाइना पिपुल्स हस्पिटल बौद्धबाट २ जना चिनियाँ नागरिक र चाइना डेन्टल हस्पिटल बौद्धबाट १ जनालाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अस्पतालका सञ्चालकहरुले विभिन्न सञ्चारमाध्यममा झुट्टा विज्ञापन दिई करोडौं रुपैयाँ ठगेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा प्रहरीले सोमबार बेलुकी उनीहरुलाई पक्राउ गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs