निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय सञ्चालन भएको महिलाहरूका लागि निःशुल्क पाठेघर तथा क्यान्सर रोग स्वास्थ्य परीक्षण सेवा सम्पन्न भएको छ। यसका साथसाथै रोगी बालबालिकाका लागि औषधी उपचार वितरण पनि गरिएको छ।

कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. रमेश मल्ल र स्त्री रोग विशेषज्ञ अञ्जली महर्जन तथा दिव्य राईसहितको टोलीले कार्यक्रममा सेवा पु¥याउनुभएको थियो। नेपाल अर्बुध रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखा, रोटरी क्लब अफ शंखरापुर, रोटरी क्ल्ब अफ बालाजु, बागमती इनर≈वील, रन नेपाल तथा नटओडन रोटरी क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा स्टार लाइट स्वास्थ्य सेवा केन्द्रबाट निःशुल्क औषधी उपल्बध गराइएको थियो।

साथै कार्यक्रममा उपस्थित भएका नेपाल अर्बुध रोग निवारण, काठमाडौं शाखाका सभापतिले क्यान्सर रोकथामजस्ता शिविरहरू रोगीहरूका लागि बढी प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रमहरूलाई अझ निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

शिविरमा करिब १ सय १७ जना बालबालिकाले स्वास्थ्य उपचार गराएका थिए भने महिलाहरूको पनि बाक्लो उपस्थिति रहेको आयोजक क्लबले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात्...


काठमाडौं । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

शव वाहन नहुँदा जिल्लावासी समस्यामा
तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा...
नेप्से परिसूचक ३२ अंकले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आइतबार...
बालिका भारत लैजान खोज्ने दुई पक्राउ
नुवाकाेट । दुई नाबालिकालाई फकाएर...
जुत्ताको माला लगाउने तीन पक्राउ
सप्तरी । सप्तरीमा ५१ वर्षीया...
रोल्पाको लुङ्ग्रीमा टिपर दुर्घटना
रोल्पा । रोल्पाको लुङ्ग्री...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो
काठमाडौं । आइतबार बिहानै भूकम्प गएको...
More Jobs