नेपालगञ्जको बन्द क्यान्सर अस्पताल सञ्चालनमा आउने

नेपालगञ्ज । लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ । अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ ।

नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन। अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ। 

सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौँ र भारतका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। 

अस्पतालले उपकरण खरिदका लागि टेण्डर आह्वान गरिसकेको र केही दिनभित्र तत्काल आवश्यक पर्ने उपकरण जडान भइसक्ने अध्यक्ष कक्षपतिले बताए। -रासस


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs