Wednesday, 23rd October, 2019

सरकारी चिकित्सक फेरी आन्दोलित

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते प्रधानमन्त्री केपी ओलीले गोदानको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीको प्रतिबद्धतापछि संघले आन्दोलन स्थगित गरेको थियो तर माग पूरा नभएपछि संघ पुनः आन्दोलनमा उत्रिएको हो ।

चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत माक्र राख्न माग गर्दै शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिने गोदानले जनाएको छ । देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन् ।

सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् । गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेको छ । यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने संघले बुधबार निर्णय गरेको हो ।

मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन्  । सरकारी चिकित्सकहरूले आ–आफ्नो स्वास्थ्य संस्थामा दबाब कार्यक्रम सञ्चालन गर्ने पनि बताएका छन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले गोदानको आन्दोलनमा ऐक्यबद्घता जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


काठमाडौं । सानिमा बैंकको २१.०५२% लाभांश पारित भएको छ । बैंकको बुधबार...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


More News