
संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बिलिन पास्को बुधवार प्रधानमन्त्री माधवकुमार नेपालसंग भेट गर्दै, तस्वीर: मिर्रर नेपाल
जीप दुर्घटना का मृतक सबैको सनाखत
MNN Reporter Report | 10 Mar 2010
दमौली, फागुन २७ । तनहुको काहुँ शिवपुर गाविसबाट दमौली आइरहेको जिप सोही गाविसको सेटाङमा बुधबार अपरान्ह दुर्घटना हुँदा मृत्यु भएका सबै १० जनाको सनाखत भएको छ । अन्य जना १३ घाइते भएका छन् ।
घटनास्थलमै मृत्यु हुनेमा व्यास-२ का ६३ वर्षिय लिलबहादुर आले र उहाँकी श्रीमती ५६ वर्षिया विमाया आले, व्यास-१० की ५२ वर्षिया लालमाया आले, काहुँशिवपुर-३ की १८ वर्षिया प्यारीमाया सिंजाली मगर, जामुने-१ की ६५ वर्षीय डिल्लीमाया रिलामी मगर, पोखरीभञ्ज्याङ-१ का ६३ वर्षीय दुर्गाबहादुर आले, घाँसीकुवा-१ की १२ वर्षीया कालिमाया ग्यामी मगर रहेका छन् ।
त्यसैगरी दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा पोखरी भञ्ज्याङ १-बेलवासका करिव ४० वर्षिया योमाया आले र ५५ वर्षिया डुडीमाया आले रहेकी छिन् ।
गम्भीर घाइते ७ जनालाई उपचारका लागि पोखरा लगिएको छ । एकजनाको दमौलीमै उपचार भइरहेको छ । पाँच जना भने उपचार पछि घर फर्केका छन् ।
Interview
नेपालले संघीयता थेग्न सक्दैन
संघीयता देशको लागि वरदान हैन श्राप हो । संघीयताको ढाँचा तयार हुनु भन्दा पहिला नै जातीय द्वन्द शुरु भैसकेको छ ।
Womens
सुरक्षामा सरकार उदासीन
सञ्चार उद्यमी जमिम शाहको हत्यारा खोजीका लागि चौतर्फी दबाब बढे पनि सरकार उदासीन देखिएको छ ।
General
पौरखी किसानको नयाँ इलम
खेर गएको जमिन, बारीका कान्ला, घरको करेसामा हुर्कने अम्रिसो आयको बलियो स्रोत बन्ला भनेर ... सोचेका थिएनन् ।
Latest News
-
रिजवानले राजिनामा गरे
MNN Reporter Report | 10 Mar 2010
काठमाडौं, फागुन २६ । गृहमन्त्री भीमबहादुर रावलसँगको लामो खटपटपछि राज्यमन्त्री रिजवन अन्सारीले अन्तत पदत्याग गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा एमालेबाट एकमात्र निर्वाचित मन्त्रीको रुपमा रहेका अन्सारीले बुधबार प्रधानमन्त्रीसमक्ष बुझाएको राजीनामा प्रधानमन्त्री माधवकुमार नेपालले स्वीकृत गरेका छन् ।
-
तिब्बतीहरुको आन्दोलन मत्थर पार्न सुरक्षा व्यवस्था कडा
MNN Reporter Report | 9 Mar 2010
देव गिरी, काठमाडौं, फागुन २६ । स्वतन्त्र तिब्बत आन्दोलनको ५१ औं बर्ष पूरा भएको अवसरमा तिब्बतीयनहरुले प्रदर्शन गर्ने तयारी गरेपछि राजधानीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
-
आज मन्त्रिपरिषद बैठक, गभर्नरको टुङ्गो लाग्ने
MNN Reporter Report | 9 Mar 2010
काठमाडौं , फागुन २६ । गभर्नर नियुक्ति लगायत अन्य एक दर्जन निर्णयका लागि मन्त्रिपरिषदको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा गर्भनर नियुक्तिको विवाद र उद्योगीहरुको सुरक्षाप्याकेजका विषयमा छलफल बताइएको छ। सत्तासिन नेकपा एमाले र नेपाली कांग्रेसबीचको विवादले गभर्नर नियुक्तिका विषयमा टुङ्गो लाग्न सकेको छैन ।
-
संविधानसभा भवन अगाडी नागरिकको धर्ना
MNN Reporter Report | 9 Mar 2010
बिरेन्द्र केएम, काठमाडौं, फागुन २५ । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले काठमाडौंको नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडी मंगलबार धर्ना दिँदै खबरदारी सभा गरेको छ ।
-
स्वास्थ्यमन्त्रीलाई माओवादीले ढुंगा हाने
MNN Reporter Report | 9 Mar 2010
बर्दिया, फागुन २५ । स्वास्थ्यमन्त्री उमाकान्त चौधरी सवार गाडीलाई लक्षित गरी एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले मंगलवार बर्दियाको मैनापोखरमा ढुंगा प्रहार गरेको छ । स्वास्थ्यमन्त्री चौधरी सवार गाडीलाई लक्षित गरी प्रहार गरेको ढुंगा लागेर गैरसरकारी संस्थाका एक कर्मचारी घाइते भएका छन् ।
-
गच्छदार अचानक दिल्लीमा
MNN Reporter Report | 9 Mar 2010
विरेन्द्र केएम, काठमाडौ, फागुन २५ । वर्तमान सरकारको आयुवारे जोड घटाउन चलिरहेको समयमा सत्ता गठबन्धनका प्रभावशाली उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार पांचदिने भारत भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
-
सिमरा विमानस्थल मध्याह्नपछि बन्द हुने
MNN Reporter Report | 9 Mar 2010
बारा, फागुन २५ । नेपालमै पहिलोपटक विमान अवतरण भएको सिमरा विमानस्थलमा मङ्गलबारदेखि २० दिनका लागि मध्याह्नपछि उडान बन्द हुँदैछ ।
-
यात्रु बस लुटियो
MNN Reporter Report | 9 Mar 2010
सुर्खेत (खजुरा), फागुन २५ । काठमाडौंबाट सुर्खेत आउँदै गरेको ना ३ ख ४७९२ नं. को यात्रुबाहक बसमा मङ्लबार बिहान सुर्खेतको देउरालीमा लुटपाट भएको छ ।
-
विवाह समारोहमा गोली चल्यो, दुईको मृत्यु
MNN Reporter Report | 9 Mar 2010
सिरहा, फाल्गुन २५ । सिरहाको मझौलिया ६ अरंगमा सोमबार राति आएको जन्तीमा एक जना अज्ञात ब्यक्तिले चलाएको गोली लागि दुई जनाको मृत्यु भएको छ ।
-
प्राध्यापकलाई विद्यार्थीको कालोमोसो
MNN Reporter Report | 8 Mar 2010
पोखरा, फागुन २५ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा क्याम्पस रामघाटका विद्यार्थीहरुले सोही पूर्व क्याम्पस प्रमुख एवम् सह प्राध्यापकलाई कालोमोसो दलेका छन् ।
-
निलम्बित कलेजका विद्यार्थीलाई भिसा दिन मिल्दैन - बेलायत
MNN Reporter Report | 6 Mar 2010
लन्डन, फाल्गुन २३ । बेलायतको विदेश मन्त्रालयले निलम्बित वा बन्द कलेजमा आवेदन दिएका विद्यार्थीलाई भिसा जारी गर्न नसकिने स्पष्ट गरेको छ ।
-
इराकमा तीन नेपाली पक्राउ
MNN Reporter Report | 6 Mar 2010
बगदाद, फागुन २२ । इराकमा तीन नेपाली सुरक्षागार्ड पक्राउ परेका छन् । अति संवेदनशील क्षेत्र ग्रीनजोनमा फाएरिङ गरेको आरोपमा ति सुरक्षागार्डहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपाली सुरक्षा गार्डको नाम ठेगाना भने खुलाइएको छैन ।
-
प्रधानमन्त्रीको दबावमा डीआइजी फिर्ता
MNN Reporter Report | 6 Mar 2010
सीताराम बराल, (काठमाडौं), फागुन १२ । प्रधानमन्त्री माधवकुमार नेपालको ठाडो दबावमा परेपछि बुधबार राति सशस्त्र प्रहरी मध्यक्षेत्र पथ्लैयामा कार्यरत डीआइजीकृष्णकुमार तामाङलाई हेडक्वाटरले फिर्ता बोलाएको छ ।
-
गभर्नरमा किचलो जारी
MNN Reporter Report | 6 Mar 2010
अब खनाललाइ अघि सारे मन्त्री पाण्डेले
विरेन्द्र केएम, काठमाडौं, फागुन १२ । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिका लागि नेकपा एमाले भित्रबाटै दुईजनाको नाम प्रस्ताव आएको छ ।







