व्यापारी पौडेलको अपहरणपछि हत्या

दमक । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

घटनास्थलमा मे ७ प १९०४ नं को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उनकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिँडेका पौडेल राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रहरीले राति अबेरसम्म पौडेलको खोजी गरेपनि फेला पार्न सकेको थिएन । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार भएको जनाइएको छ । उक्त घटनामा प्रहरीले एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs