खराब आचरण भएका ६ प्रहरी कारवाहीमा

बर्दिया । सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ। 

कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान एक जना रहेको बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए।  

जिल्लाको शान्तिसुरक्षासहित आन्तरिक शुद्धीकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले लागुऔषध नियन्त्रण तथा मानव बेचबिखन, महिला हिंसा, लैङ्गिक हिंसा, आत्महत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिरहेको बताए। 

नागरिक मैत्री प्रहरी सेवाप्रति आफू सदैव समर्पित रहेकोमा पनि प्रहरी उपरीक्षक मैनालीले जोड दिए। रासस 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs